जेठ ०७, २०८१, सोमबार
               

लक्ष्मी बैंकको लाभांश घोषणा, कति छ बोनश ?

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । 

बैंकको हिजो (सोमबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २.५ प्रतिशत नगद लाभांश गरी कुल ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस बैंकले ८८ करोड ३१ लाख ३० हजार ५०० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने, २४ करोड ५३ लाख १३ हजार ९८८ रुपैयाँ नगदमा खर्च गरेको छ । यस बैंकले गत वर्ष  १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।


कस्तो लाग्यो ?

यो पनि