जेठ ०७, २०८१, सोमबार
               

कुमारी बैंकको मुनाफा १ अर्ब १५ करोड

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । कुमारी बैंक लिमिटेडको २०औं साधारणसभा आइतबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष अमिरप्रताप राणाको अध्यक्षतामा काठमाडौँमा सम्मन्न भएकाे हाे । 

उक्त साधारणसभामा आर्थिक वर्ष ०७६/७७ को लागि १०.८५ प्रतिशत बोनस शेयर तथा ३.१५ प्रतिशत शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

यस्तै, उक्त बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड हुनेछ भने, आर्थिक वर्षको असार मसान्तसम्म बैंकले कुल निक्षेप १२४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम १५ अर्ब १३ करोड प्रवाह गरी संचालन नाफा २ अर्ब १४ करोड तथा १ अर्ब १५ करोड खुद मुनाफा आर्जन गरेको थियो ।

साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष ०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । 

०७७/०७८ को आर्थिक वर्ष असोज मसान्तसम्म बैंकको कुल निक्षेप १२२ अर्ब २९ करोड तथा कुल कर्जा रकम ११५ अर्ब १९ करोड गरि ८६ करोडको संचालन मुनाफा र ६० करोड २५ लाखको खुद मुनाफा आर्जन गरेको छ  । 

हाल यस बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १८६ शाखा संजाल, १५० एटिएम्, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैंकिङ्क इकाई मार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।


 
 
 
 


कस्तो लाग्यो ?

यो पनि