जेठ ०५, २०८१, शनिबार
               

इमर्जिङ नेपालले हकप्रद जारी गर्ने, पुस २४ गते साधारणसभा

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले पुस २४ गते साधारणसभा बोलाएको छ । सभा कम्पनीको आफ्नै कार्यालय कृष्ण टावर, नयाँबानेश्वर काठमाडौंमा दिउँसो ३.३० बजे सुरु हुनेछ ।

आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । हाल कम्पनीले कायम गरेको चुक्ता पुँजीबाट १०.११२ अर्थात् ११.२० प्रतिशत हकप्रद निष्काशन गर्नेछ । त्यस्तै, हकप्रद निष्कासन पश्चात कायम पूँजीबाट आइपीओ निष्कासन गर्नेछ ।

यस सभामा कम्पनीले पहिले हकप्रद निष्काशन गरेर त्यसपछि आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्दैछ । नेपाल सरकारको समेत लगानी रहेको यस इमर्जिङ नेपाल सार्बजनिक निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि