बैशाख २६, २०८१, बुधबार
               

सेञ्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांश दिने

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद गरी ७.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । 

बैंकको आज (सोमबार) बसेको ३२६ औँ सञ्चालक समितिको बैठकले ४५ करोड ६ लाख रुपैयाँको बोनस शेयर र कर प्रयोजनसहित १९ करोड ३१ लाख रुपैयाँ नगद लाभांशको प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकले साधारणसभाका लागि शेयरधनीहरुलाई बोलाउने छ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिने बैंकले जनाएको छ । 

यो पनि