जेठ ०५, २०८१, शनिबार
               

कृषि विकास बैंकले १५.७८ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । कृषि विकास बैंकले आफ्नो शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

आर्थिक बर्ष २०७६/०७७ को बार्षिक साधारणसभाबाट अनुमोदन गराई कायम रहेको साधारण चुक्ता पुँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

यस बैंकको आज (सोमबार) बसेको सञ्चालक समितिको ८५३ औँ बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत बार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश समेत प्रदान गर्ने बैंकले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि