जेठ ०७, २०८१, सोमबार
               

प्रभु लाइफ इन्स्योरन्सको आइपिओ आजदेखि बिक्री

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स कम्पनीले आज (सोमबार) आइपिओ बिक्री खुला गरेको छ । यस कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आइपिओ बिक्री खुला गर्न गरेको छ । 

यस कम्पनीको ६० लाख कित्ता मध्य ३ लाख कित्ता कम्पनीको कर्मचारीलाई छुट्याइएको छ, भने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्इयाएको छ । 

यसर्थ,सार्वजनिक निष्कासन मार्फत बिक्रीमा आउने ५४ लाख कित्तामा मात्र अन्य सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने यसको आवेदनका लागि छिटोमा पुस २ गते र ढिलामो पुस १३ गतेसम्म बिक्रीमा रहने छ ।

यो आइपिओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

यो कम्पनीले आइपिओ बिक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर ११ गते अनुमति पाएको हो । कम्पनीले गत असोज १४ गते उक्त आइपिओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो । 

हाल यस कम्पनीमा संस्थापक तर्फको मात्र १ अर्ब ४० करोड चुक्तापुँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब पूँजी सर्वसाधारणमा आइपिओ बिक्री गरेपछि कायम हुनेछ ।

यस वर्षको पहिलो त्रैमासमा मात्र कम्पनीले २२ हजार ५९४ बीमालेख कायम गरेको छ । 

कम्पनीको यो आइपिओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आइपिओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

बिक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था छ । उक्त कम्पनीको आइपिओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 

यसैगरी इच्छुक आवेदकले सीडीएससीले सोमबारदेखि सञ्चालनमा ल्याएको मेरोशेयरको एप मार्फत पनि आवेदन दिन सक्नेछन् । यसअघि उक्त एपमा माईआस्वा सुविधा थिएन ।

यो पनि