जेठ ०७, २०८१, सोमबार
               

ग्लोबल आइएमई लघुवित्तले लाभांश वितरण गर्ने

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यस कम्पनीको आइतवार सम्पन्न सञ्चालक समितिको बैठकले २०७६र७७ आर्थिक वर्षको नाफाबाटसेयरधनीलाई २७.४७ प्रतिशत बोनससेयर र  कर प्रयोजनका लागि १.४५ प्रतिशत नगद लाभांशसमेत गरी कुल २८.९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी २५ करोड ९५ लाख ७५ हजार १२५ रुपैयाँ रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपश्चात् मात्रसेयरधनीले  पाउने छन् । 

यो पनि