बैशाख २०, २०८१, बिहीबार
               

भन्सार छली भित्र्याइएको लत्ताकपडा बरामद

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

मोरङ । मोरङ प्रहरीले भन्सार छली अवैध रुपमा भित्र्याइएको १ लाख ६२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शनिबार राति पौने ८ बजे विराटनगर महानगरपालिकाको सरोचियाबाट सो मूल्यको अवैध कपडा बरामद गरेको हो ।

महानगरपालिका–६ सरोचियास्थित २४ वर्षीय आशिफ खानको घरमा भन्सार छलेर संग्रह गरी राखिएको अवस्थामा कपडा बरामद गरिएको प्रवक्ता राईले जानकारी दिए ।

पछिल्लो समय प्रहरीले भन्सार छली र अवैध रुपमा कारोबार गर्दै आएको सरसमान नियन्त्रण गर्ने क्रमलाई तीव्रता दिएको छ ।

शनिबार राति खानको घरबाट २ सय ४० थान स्वीटर, ८४ थान सुरुवा र १५ थान कुर्ता बरामद गरेको हो । पक्राउ परेका खानलाई कारवाहीका लागि कपडासहित भन्सार कार्यालय रानीमा बुझाउने प्रवक्ता राईले जानकारी दिए ।

गत शुक्रबार प्रहरीले महानगरपालिका ७ स्थित तरुणकुमार रौनियारको गोदामबाट भन्सार छली राखिएको ३३ लाख ४१ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि