जेठ ०७, २०८१, सोमबार
               

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा मेख थापा निर्वाचित

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको ११ औं साधारणसभाले मेख बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

शुक्रबार गठित साधारणसभाले एनआइबिएल एस क्यापिटल लिमिटेडका डेपुटी सीइओ मेखबहादुर थापाको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बिजयलाल श्रेष्ठ, महासचिवमा पारस मणी ढकाल, कोषाध्यक्षमा रमेन्द्र रायमाझी र सदस्यहरुमा दिपेश बैद्य, नारायण प्रसाद घिमिरे, रोशनी भारती निर्वाचित भएका छन् ।

सात सदस्यीय नयाँ कार्य समितिले मर्चेन्ट बैंकरहरुको साझा हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि