जेठ ०७, २०८१, सोमबार
               

अपी पावर कम्पनीको पुस ६ गतेदेखि शेयर बिक्रीमा, न्यूनतम मूल्य १०० रुपैयाँ

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले सेयर बिक्री गर्ने भएको छ । 

यस कम्पनीले सर्वसाधारण समूहको १३ लाख ४६ हजार २१८ कित्ता शेयर बिक्री गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १०० कित्ता र  अधिकतममा सबै खरिद गर्न आवेदन दिन पाइनेछ । 

उक्त शेयर खरिद गर्न  इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले पुस ६ गतेदेखि १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न कम्पनीले भनेको छ भने यसको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ।

यो शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेपछि उक्त शेयर लिलामीमा बिक्री गर्न लागेको हो ।


कस्तो लाग्यो ?

यो पनि