बैशाख १७, २०८१, सोमबार
               

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य वृद्धि भएको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए ।

नयाँ मूल्य शनिबार राति १२ बजेबाट लागू हुने छ । 

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । 

इन्डिय आयल कर्पोरेसन (आइओसी)बाट प्राप्त नयाँ मूल्य (स्वचालित मूल्य कार्यान्वयन कार्यविधि) अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि