जेठ ०६, २०८१, आइतबार
               

सगरमाथा राष्ट्रिय निकुञ्जकाे राजश्व ९९ प्रतिशतले घट्यो

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

सगरमाथा राष्ट्रिय निकुञ्जको राजश्व ह्वात्तै घटेकाे छ । सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार गत आर्थिक वर्षकाे पहिलो चौमासिककाे तुलनामा यसवर्ष करिब ९९ प्रतिशतले गिरावट आएको हाे  । कोरोना कहरका कारण पर्यटकीय गतिविधि ठप्प हुँदा ९८.७६ प्रतिशतले घटेकाे सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएकाे छ । 

चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा पर्यटकबाट ५ लाख १६ हजार ३ सय ५० रुपैया र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १८ हजार ३०६ रुपैयाँ मात्र संकलन भएकाे निकुञ्जकाे कार्यालय नाम्चेका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिए । 

निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिकमा ४ करोड ४४ लाख २३ हजार ५६४ रुपैया संकलन गरेको कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ५ लाख ५१ हजार १५६ रुपैयाँ मात्रै संकलन गरेको थियो । साथै चालु आर्थिक वर्षमा ६८८ जना पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि