जेठ ०८, २०८१, मंगलबार
               

महुली लघुवित्तको शेयर सूचिकृत, कारोबार आइतबारदेखि हुने

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । ६ लाख ४२ हजार २२१ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार सूचीकृत भएको छ  । 

नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज हुने कुरा थियो । त्यसैकारण यसको शेयर रोकिएको थियो । 

नेप्सेले सुचना जारी गदैँ कायम हुन आएको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य १०० रुपियाँ दरको ६ लाख ४२ हजार २२१ कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको बताएको छ ।

यसैगरी बिहीबारबाटै मर्जर प्रयोजनका लागि रोक्का भएको उक्त कम्पनीको शेयर कारोबारसमेत फुकुवा गरिएको नेप्सेले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि