जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना बिमा दाबी भुक्तानीमा के कारण ढिलाई ?

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरूले आलटाल गरिरहेको गुनासो बढेपछि समितिले यसको छानबिन गरेको छ । अर्थ मन्त्रालयले कारोना बीमाको अविलम्ब भुक्तानी गर्न बराम्बर ताकेता गरेपछि समितिले बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै स्पष्टीकरण दिएका हो ।

पछिल्लो समय कोरोना बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरूले आलटाल गरिरहेको गुनासो बढेपछि समितिले यसको छानविन गरेको थियो । 

जसअन्तर्गत कतिपय दावीको सम्पुर्ण कागजात नपुगेको, बीमा कम्पनीहरूले महालेखा परिक्षकको कार्यालयमा तथ्यांक पठाउन ढिलाई भएको, कागजात रुजु हुन ढिलाई भएकोलगायतका निष्कर्श निकालेको हो । चाप कम भएपछि नियमित रुपमा भुक्तानी प्रक्रिया अघि बढ्ने पनि समितिको भनाइ छ ।

यसैगरी दोहोरो दाबी पर्ने भएकोले पनि भेरिफिकेशन गर्न र दोहोरो भुक्तानी नियन्त्रण गर्न समय लागेको पनि समितिले जनाएको छ । गत असोज र कार्तिकमा बीमा कम्पनीहरूका कर्मचारीहरु एवं बीमा समितिमा कार्यरत कर्मचारीहरू समेत संक्रमित भई दैनिक कार्य सञ्चालनमा अप्ठ्यारो परेकोले कोरोना बीमाको दावी भुक्तानीमा समय लागेको थियो  ।

नेपाल सरकारको चालू आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा कोरोना बीमामा ५० प्रतिशत अनुदान दिने र राष्ट्रसेवक कर्मचारीहरूको निःशुल्क कोरोना बीमा गर्ने निर्णय गरेको थियो । 

त्यस अनुसार देशमा स्थापित निर्जीवन बीमा कम्पनीहरू र नेपाल पुनर्बीमा कम्पनीबीच एक आपसमा बीमा पुल खड़ा गरी कोरोना बीमा मापदण्ड बनाई कोरोना बीमालेख बिक्री भइरहेको छ ।

बीमा समितिका अनुसार हालसम्म आठ हजार १२५ जनाले कोरोना बीमाको दावी भुक्तानी लिइसकेका छन् । बीमा समितिका अनुसार कागजात पूरा भई बीमा पुलमा प्राप्त भएको संख्या १७ हजार २३५ रहेको छ ।

यसैगरी, बिमा समितिमा चार हजार १५२ वटा फाईल प्रमाणिकरणको लागि स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा पठाइएको, दुई हजार ४९३ वटा प्रमाणिकरण भई फिर्ता आएको, दावी भुक्तानीको लागि बाँकी संख्या नौ हजार ९० वटा रहेको बीमा समितिले जनाएको छ ।

यस्तै कागजात नपुगी पुनः निर्जीवन बीमा कम्पनीहरुमा फिर्ता भएको दाबी संख्या १ हजार १३६ रहेको छ । समितिले सबै निर्जीवन बीमा कम्पनीहरूलाई दाबी भुक्तानीका लागि आवश्क कागजपत्र हेरेर रुजु गरेर मात्रै पठाउन समेत निर्देशन दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि