जेठ ०४, २०८१, शुक्रबार
               

नागरिक लगानी कोषको शेयर बिक्री हुँदै

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको शेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।

कम्पनीले कोषको संस्थापक समूहको ५० हजार कित्ता शेयरहरू बोलकबोल प्रकृयाबाट बिक्री गर्न लागेको हो ।

यो कम्पनीको शेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता एक हजार ९ सय रुपैयाँमा नघट्ने गरि निष्काशन सुरू भएको मिति (मंसिर २५ गते, बिहीबार) देखि पुस २ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयरमा लगानीकर्ताहरुले न्यूनतम १ सय कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।

यो पनि