जेठ ०४, २०८१, शुक्रबार
               

साहसको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडौं । साहास ऊर्जा लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  

यस कम्पनीको १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन निर्णय गरेको हो । जसमा ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र बाँकी ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सर्वसाधारण, कर्मचारी र सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई निष्कासन गर्ने कम्पनीले जनाएकोछ । 

आईपीओको प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ । कम्पनीले गुल्मीमा ५ मेगावाटको हुग्दीखोला जलविद्युत आयोजना सचालन गरिरहेको छ । यस्तै, यो आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंक तथा बित्तीय संस्थाबाट ८ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी भएको छ । कम्पनीमा संस्थापक सेयर लगानी २ अर्ब ४५ करोड रुपैयाँ छ । 

यो आयोजना बनाउन ११ अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि