जेठ ०४, २०८१, शुक्रबार
               

सिद्धार्थ बैंकद्वारा १५ प्रतिशत लाभांश घोषणा

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा संचित रकम समेतबाट मंसिर १९ गते बसेको सञ्चालक समितिको ३५७ औं बैठकबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश र  ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

यस बैंकको हालको चुक्ता पूँजी ९,७८,७७,६७,१३८ नौ अर्ब ७८ करोड ७७ लाख ६७ हजार एक सय ३८ रुपैयाँमा १२ प्रतिशत बराबरको १ अर्ब १७ करोड ४५ लाख ३२ हजार ५७ रुपैयाँ मात्र बोनस शेयर तथा ३ प्रतिशत बराबरको २९ करोड ३६ लाख ३३ हजार १४ रुपैयाँ मात्र नगद लाभांश प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ ।


कस्तो लाग्यो ?

यो पनि