जेठ ०४, २०८१, शुक्रबार
               

‘स्टार्टअप आइडिया कल’ कार्यक्रम शुरू

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाण्डौं । नयाँ सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्द्धन प्रस्ताव आह्वान गरेको छ ।

काठमाडौंमा हिजो (बुधवार) आयोजित समुद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भिडियो सन्देशमार्फत उक्त कार्यक्रमको शुभारम्भ गरेका छन् ।

सरकार, वित्तीय संस्था र नीजि क्षेत्रबीच त्रिपक्षीय सहमति अनुसार वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवर्द्धन प्रस्ताव आह्वान गरेका हुन् ।

आयोजकका अनुसार २०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाले नवीनतम प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को वेबसाइट www.sitartupideacall.org मार्फत प्रस्ताव पेश गर्न सक्नेछन् ।

युवाहरुले माघ महिनासम्ममा आइडियासहितको आफ्नो प्रस्तावना पठाउन सक्ने र फागुन, चैत महिनामा तालिम दिएर सहुलियतपूर्ण कर्जा दिइने आयोजकले जनाएका छन् ।

उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्बन्धी निःशुल्क तालिम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंकमार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने जनाइएको छ ।

नवप्रवर्द्धन प्रस्ताव आह्वान, तालिम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले त्रिपक्षीय सहकार्यमा निकट भविष्यमा यो कार्यक्रम अन्य प्रदेशमा पनि लैजाने बताए । नेपालमा उद्यमी बन्न चाहने युवाकालागि यो स्टार्टअप आइडिया कल उपयोगी हुने विश्वास लिइएको छ । 


कस्तो लाग्यो ?

यो पनि