जेठ ०८, २०८१, मंगलबार
               

आज पनि घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातु (सुन) को मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । 

आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको छ । 

बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनसमेत प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । 

बुधबार प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । 

बुधबार प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २०० रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि