जेठ ०५, २०८१, शनिबार
               

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ११.४० प्रतिशत लाभांश घोषणा

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले ११.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

यस कम्पनीको हिजो (बुधबार) बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनसहित ३.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

यस कम्पनीले ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने, २ करोड ७२ लाख रुपैयाँ नगद बाँड्नेछ ।

यस कम्पनीले गत वर्ष ६.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीको हात लाभांश पर्नेछ । 

यो पनि