जेठ ०४, २०८१, शुक्रबार
               

एनआइसी एसियाको स्वामित्वमा नागरिक लगानी कोष र नेसनल लाइफको सेयर बिक्री

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेका २ वटा कम्पनीको ३ लाख २८ हजार २८६ कित्ता संस्थापक सेयर आज (बिहीबार) बाट लिलामीमा बिक्री खुला गरेको छ । 

यस बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६० र नेसनल लाइफ इन्सुरेन्सको १ लाख २५ हजार ७२६ कित्ता सेयर लिलामी गर्न लागेको हो । 

नागरिक लगानी कोषका लगानीकर्ताले सेयरमा न्यूनतम २३ सय ६२ रुपैयाँ र नेसनलको सेयरमा न्यूनतम ५०५ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् । 

यसमा पुस १ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।


कस्तो लाग्यो ?

यो पनि