जेठ ०६, २०८१, आइतबार
               

किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवर्धन अधिकारीले जानकारी दिए ।

ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत सहुलियतमा वितरण गरिएको उनले बताए । सफल भएमा आगामी दिनमा यसलाई प्राथमिकताका साथ अघि बढाइने उनको भनाइ छ ।    

उनका अनुसार १९० वटा बिरुवा वितरण गरिएको छ । साथै किसानका लागि ड्रागन फ्रुट खेती गर्ने पद्धतिबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

यसैबीच वडाले १० जना किसानलाई जनही एक–एक वटा हजारी पनि वितरण गरेको छ । दिसा र पिसाब छुट्याएर प्रयोग गर्ने इकोसान शौचालय पद्धतिको तालीममा सहभागी  १० जना किसानलाई उक्त हजारी निःशुल्क वितरण गरिएको हो ।

यो पनि