जेठ ०६, २०८१, आइतबार
               

बंगालदेशसँग जिटुजी प्रक्रियाबाट मल खरिद गर्न मन्त्रिपरिषद्को स्वीकृति

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले बंगालदेशसँग सरकारीस्तर (जिटुजी) प्रक्रियाबाट ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार १७ मंसिरको मन्त्रिपरिषद्को पछिल्लो निर्णयपछि जिटुजीमार्फत ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्न सहज हुनेछ । 

यसअघि गत कात्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबाट उब्जेको अन्योल अब भने हटेको थियो । पहिलेको निर्णयमा प्रष्टता नभएकाले अहिले स्पष्टता दिने काम गरिएको मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार योसँगै मल खरिद प्रक्रिया थाल्न सहज हुनेछ । 

मन्त्रिपरिषद्को निर्णयपछि अब कृषि सामाग्री कम्पनी लिमिटेडले बंगालदेशको सरकारी कम्पनीसँग मल खरिदका लागि मूल्य माग्ने काम सुरु हुने मन्त्रालयले जनाएको छ ।

मूल्यमा समझदारी भए ढुवानीका लागि यसअघिनै ठेक्का सम्झौता भइसकेको कम्पनीमार्फत मल आयात थालिने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि