जेठ ०६, २०८१, आइतबार
               

सहलगानीसम्बन्धी कार्यविधि जारी,के के छ योजना ?

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले सहलगानीसम्बन्धी कार्यविधि २०७७ जारी गरेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसार कार्यविधिमा गाउँ र नगरपालिकामा ५० करोड रुपियाँ र प्रदेशस्तरको आयोजनामा कम्तिमा एक अर्ब रुपियाँ न्यूनतम लागत हुनुपर्ने व्यवस्था गरिएको छ ।  

संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा सहलगानीको माध्यमबाट भौतिक र व्यावसायिक क्षेत्रको पूर्वाधार निर्माणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कार्यविधि जारी गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।  

आर्थिक वर्ष २०७७र ७८ मा सहलगानीमा कार्यान्वयन गर्ने आयोजनाको हकमा फागुन मसान्तभित्र निर्देशक समिति समक्ष पेश गर्नु पर्ने र निर्देशक समितिले उपयुक्त आयोजना छनोट गर्नु पर्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ । 

आयोजना छनोट गर्दा उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणमा सहयोग पुग्ने, विकासका दृष्टिले प्रदेश र स्थानीय तहमा सन्तुलन कायम गर्ने र संघमा प्रदेश र स्थानीय तहको परनिर्भरतालाई घटाउने, स्थानीय स्रोत, साधन र अवसरको उपयोग गर्ने लगायतका विषयमा ध्यान दिनु पर्नेछ । छनोट भएका आयोजनाहरूको कार्यान्वयन सम्बन्धित प्रदेश वा स्‍थानीय तहबाट हुनेछ।

सह–लगानीको लागि प्रदेश वा स्थानीय तहले गर्ने लगानीको अंश सोही रूपमा वित्तीय हस्तान्तरण हुने आयोजनामा लगानी गर्नु पर्नेछ । सह–लगानी स्वरूप लगानी गरिने रकम वार्षिक कार्यक्रममा समावेश गरी वार्षिक विनियोजनमार्फत नेपाल सरकारबाट सम्बन्धित प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गरिनेछ । 

सह–लगानीमा छनोट भएका आयोजना कार्यान्वयनको क्रममा प्रदेश वा स्थानीय तहबाट हुने लगानी अपुग भएमा सम्बन्धित प्रदेश वा स्थानीय तहले नेपाल सरकारबाट थप लगानी माग गरी निर्देशक समिति समक्ष लेखी पठाउनु पर्ने व्यवस्था राखिएको छ ।

त्यसरी आएका आयोजनाको स्रोत विश्लेषण, वार्षिक कार्यक्रम, खर्चको फाँटवारी र भौतिक प्रगतिसमेतको विषयमा आवश्यक अध्ययन गरी त्यस्तो आयोजनामा थप लगानी गर्नु पर्ने देखिएमा निर्देशक समितिले सरकार समक्ष थप लगानीको लागि सिफारिस गर्नु पर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि