जेठ ०६, २०८१, आइतबार
               

अरुण भ्याली हाइड्रोको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले प्रस्ताव गरेको ५.२६ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि (बिहिबार) अन्तिम दिन रहेको छ ।

यस कम्पनीले आर्थिक वर्षमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ९९ करोड ८३ लाख २३ हजार छ । साथै सभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण र ९.६ मेगावाट क्षमताको माथिल्लो काबेली २ जलविद्युत आयोजनाका लागि ऋण स्वीकृति समेत गर्नेछ । 

साथै कम्पनीले उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न पुस ८ गतेका लागि २३औं वार्षिक साधारण सभा कम्पनीले आव्हान गरेको छ । कम्पनीको सभाकक्ष, ट्रेडटावर थापाथली, काठमाडौंमा विहान ११ हुने भएको छ । सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने तयारी रहेको कम्पनीले जनाएको छ

सभा प्रयोजनका लागि मंसिर २६ गतेदेखि बुक क्लोज गर्ने भएकाले मंसिर २५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउने छन् ।
 ।
साथै सभामार्फत कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर ०.५ को अनुपातमा हकप्रद विक्री गर्ने प्रस्ताव पनि राख्ने भएको छ ।


कस्तो लाग्यो ?

यो पनि