जेठ ०६, २०८१, आइतबार
               

चिलिमे हाइड्रोपावरको लाभांशकाे मौका ४ दिन बाँकी

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको २० प्रतिशत लाभांश पाउनका लागि मंसिर २८ गते आइतबारभित्रमा सेयरधनी बनिसक्नुपर्ने छ । 

यस कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस्तै यस कम्पनीले पुस १२ गते साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्वाराही काठमाडौंमा गुगल मिटबाट बिहान ११ बजे सुरु हुनेछ । कम्पनीकाे आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगद प्रवाहसम्बन्धी विवरणमा पनि छलफल गर्ने छ । 

कम्पनीले वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिन लागेको हो । यसले ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ । 
 


कस्तो लाग्यो ?

यो पनि