जेठ ०६, २०८१, आइतबार
               

सुनको मूल्य घट्यो

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचादी व्यवसायी महासंंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

हिजो (मंगलवार) छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै, आज चाँदी प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी २० रुपैयाँले घटेको हो ।


कस्तो लाग्यो ?

यो पनि