जेठ ०६, २०८१, आइतबार
               

पूर्वविद्यार्थीको सहयोगमा विद्यालयमा सिसी क्यामेरा जडान

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

बागलुङ । गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयमा सिसी क्यामेरा जडान गरिएको छ । सिसी क्यामेरा जडानका लागि विद्यालयका पूर्वविद्यार्थी तुलवीर थापाले एक लाख ६० हजार रुपैयाँ सहयोग गरेका थिए ।

प्रशासनिक कक्ष, कक्षाकोठा र विद्यालय परिसरमा गरी १४ थान सिसी क्यामेरा जडान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिए । विद्यालयको रेखदेख, सुरक्षादेखि कक्षाकोठामा सिकाइमैत्री वातावरण सिर्जना गर्न सिसी क्यामेराले सघाउने समितिको विश्वास छ ।

विद्यार्थी कक्षाकोठामा बस्दा पढाइमा ध्यान नदिने, अनावश्यक कुराकानीमा भुल्ने, शिक्षक पनि समयमा नआउनेजस्ता गतिविधिलाई सिसी क्यामेरामार्फत निगरानी र नियन्त्रण गरिने विद्यालय प्रशासनले जनाएको छ । ‘सिसी क्यामेरा जडानले विद्यालयको भौतिक सम्पत्तिको सुरक्षामा पनि टेवा पुग्ने छ’, अध्यक्ष थापाले भने ।

हाल जापानमा रहेका पूर्वविद्यार्थी थापाले विद्यालयको हित हेरेर सिसी क्यामेराका लागि सहयोग गरेको बताए । यसअघि थापा र उनका दाइ टेकबहादुर मिलेर मल्मका सार्वजनिकस्थलमा सिसी क्यामेरा जडानका लागि एक लाख ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

उनिहरुले केही वर्षअघि सोही विद्यालयको स्वर्ण जयन्तीका अवसरमा दिवङ्गत हजुरबुबा र बुबाको स्मृतिमा दुई लाख २१ हजार रुपैयाँ बराबरको अक्षयकोषसमेत खडा गरेका थिए । आफूले पढेको विद्यालयप्रतिको दायित्व सम्झेर सहयोग गरिएको तुलवीरले बताए । उनले गत महिना परेको आफ्नो जन्मदिनमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

जापानमा रेष्टुराँ व्यवसायमा आबद्ध तुलवीरले विपद्जन्य घटनाका कारण समस्यामा परेका परिवारलाई पनि बेलाबेलामा आर्थिक सहयोग गर्दै आएका छन् । आफू प्रवासमा रहे पनि गाउँप्रति उनको सहयोगी मन र भावना जोडिएको छ ।

यो पनि