काठमाडौं । मुस्ताङ जिल्लाको लेतेमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड शाखा खुलेको छ । मुस्ताङमा नयाँ शाखा सञ्चालन भएसँगै यस बैंकका शाखा ११५ पुगेका छन् ।
ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाको लेतेबाट बैंकिङ सेवा सुरु गरेको हो ।
सबै क्षेत्रसम्म बैकिङ सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ सेवा तथा एक्सटेनसन काउन्टर सञ्चालनमा ल्याएको छ ।