जेठ ०६, २०८१, आइतबार
               

बैंक अफ काठमाण्डूले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गदैँ

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । बैंक अफ काठमाण्डूले मंसिर २४  भोलि (बुधवार) गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । 

यस कम्पनीले १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये ६ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि र बाँकी रहेको ९ लाख ६० हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गरिने छ । 

लगानकर्ताले लगानी गर्दा कम्पनीको ऋणपत्रमा छिटोमा मंसिर २८ र ढिलोमा पुस ८ गतेसम्म आवेदन गर्न सक्नेछन् । यसको न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन गर्न मिल्ने कम्पनीले बताएको छ ।

यस्तै, यस कम्पनीले निष्कासन गर्न लागेको ऋणपत्र १० वर्षसम्मको लागि वार्षिक ८.५ प्रतिशत ब्याजदर गरेको छ । निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ रहेको छ भने, आवेदकले सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्नेछन् ।

यसैगरी, कम्पनीले निष्कासन गर्ने ऋणपत्रलाई इक्रा नेपालले मध्यम जोखिम जनाउने इक्राएनपी बिबिबि प्लस रेटिङ प्रदान गरेको छ । यसले समयमानै वित्तीय दायित्व पुरा गर्ने तथा मध्यम कर्जा जोखिम रहने देखाउँछ । 


कस्तो लाग्यो ?

यो पनि