जेठ ०६, २०८१, आइतबार
               

सानिमा बैंकको पुस १ गतेबाट ऋणपत्र ८.५० प्रतिशत ब्याजदर दिने

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । सानिमा बैंकले पुस १ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । 

यस बैंकले १० वर्षे अवधिको ८.५० प्रतिशत ब्याज प्रदान हुने गरी चार अर्बबराबरको प्रतिऋणपत्र एक हजार भुक्तानी गर्नु पर्ने गरी ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने लागेको हो । सर्वसाधारणलाई एक अर्ब ६० करोडबराबरको ऋणपत्र, २ अर्ब ४० करोड बराबरको ऋणपत्र निजी तबरबाट बिक्रि हुनेछ भने सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्येबाट ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

बैंकले जारी गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने इक्राएनपी एलए २ ग्रेडिङ प्रदान गरेको छ ।  यस्तो रेटिङ प्राप्त उपकरणलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।

आवेदन दिँदा न्यूनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ताको लागि दिन सकिनेछ । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।

ऋणपत्रमा छिटोमा मङ्सिर ५ गतेसम्म र सो अवधिसम्म पुरै ऋणपत्रको लागि आवेदन नपरेमा ढिलोमा पुस १५ गतेसम्म आवेदन दिन सकिने छ ।


कस्तो लाग्यो ?

यो पनि