जेठ ०६, २०८१, आइतबार
               

उद्योग महासंघको प्रदेश चुनाव पुस ११ गते

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघको केन्द्रको निर्वाचन हालै सकिएको छ ।

केन्द्रपछि प्रदेशको निर्वाचन यही पुस ११ गते हुने भएको छ । महासंघले पुस ११ मा सबै प्रदेशको निर्वाचन गराउनका लागि तयारी गरेको छ ।

महासंघको यस अघिको निर्णय अनुसार यहि मंसिर २० गते बसेको पदाधिकारी बैठकले सबै प्रदेशको निर्वाचन एक पटक गर्ने निर्णय गरेको महासंघका अध्यक्ष शेखर गोल्छाले बताए ।

महासंघको विधानअनुसार सबै प्रदेशको निर्वाचन केन्द्रको निर्वाचन हुनुभन्दा १ महिना अघि नै हुनुपर्ने व्यवस्था भए पनि 
यस्तो परिस्थितिमा महासंघको निर्वाचन सम्पन्न भएको १ महिना भित्र गरिसक्नुपर्ने व्यवस्था भएबमोजिम सबै प्रदेशको निर्वाचन पुस ११ मा गर्न लागिएको महासंघले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि