जेठ ०६, २०८१, आइतबार
               

“एनएफआरएस मापदण्ड लागू गर्नू”

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

काठमाडौं । बीमा समितिले सबै निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएस मापदण्ड अनुसारको वित्तीय विवरण तयार पार्न निर्देशन दिएको छ ।

यसअघि आजै बीमा समितिले पुनर्बीमा व्यवसाय गर्ने कम्पनीलाई पनि एनएफआरएस मापदण्ड अनुसार वित्तीय विवरण लागू गर्न निर्देशन दिएको थियो ।

यस समितिले निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई लक्षित गर्दै ‘निर्जिवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०७७’ जारी गर्दै कार्यान्वयन गर्न निर्देशन जारी गरेको हो । बीमा समितिले निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीहरुका लागि एनएफआरएस सम्बन्धी छुट्टै मापदण्ड लागू गरिने जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि