जेठ ०६, २०८१, आइतबार
               

रसुवागढी हाइड्रोपावरको साधारणसभा पुस २० गते

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको आठौं वार्षिक साधारणसभा पुस २० गते हुने भएको छ । 

सभामा आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । सभा चिलिमे हाइड्रोको सभाहल धुम्बाराही काठमाडौंमा ११ बजे हुने कम्पनीले जनाएको छ । 
 
यस कम्पनीको आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 

सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्नेछ । पुस ११ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् । 

यो पनि