जेठ ०१, २०८१, मंगलबार
               

मुक्तिनाथ विकास बैंकले साढे १५ प्रतिशत लाभांश दिने

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

काठमाडौं। मुक्तिनाथ विकास बैंकले १५.५१५ लाभांश दिने घोषणा गरेको छ । 

यस बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ११.२५५ बोनस र कर प्रयोजनसहित ४.२६५ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

यस मुक्तिनाथ बैंकले ४८ करोड ६५ लाख ६१ ह्जार ३१७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । १८ करोड ४२ लाख ४४ हजार ५५२ रुपैयाँ नगद बाँड्नेछ । यस बैंकले गत वर्ष १७.६५ बोनस र ०.९३५ नगद लाभांश वितरण गरेको थियो ।

उक्त बोनस शेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीको हात लाभांश पर्नेछ । 


 


कस्तो लाग्यो ?

यो पनि