जेठ ०६, २०८१, आइतबार
               

मञ्जुश्री फाइनान्सको २३.५० प्रतिशत लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । 

फाइनान्सका शेयरधनीहरूलाई १८ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।फाइनान्सको आज (आइतबार) बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

हाल यस कम्पनीको चुक्तापूँजी ८१ करोड ८१ लाख ३१ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि