बैशाख २०, २०८१, बिहीबार
               

तीन थरीका कर्जामाथि कडाई गर्दै राष्ट्र बैंक

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने तीन थरीका कर्जामाथि नेपाल राष्ट्र बैंकले कडाई गर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको त्रैमासिक मौद्रिक समीक्षामार्फत शेयर, रियलस्टेट कर्जामा कडाई गर्ने जनाएको राष्ट्र बैंकले यसै साता नयाँ निर्देशिकामार्फत औपचारिक रुपमा लागू गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले नयाँ निर्देशिकामार्फत मौद्रिक नीतिको समीक्षालाई व्यवहारिक कार्यान्वयन गर्न लागेको हो । बैंकका प्रबक्ता गुणाकर भट्टले यसै साता नयाँ निर्देशिका जारी हुने जानकारी दिए ।

नेपाल राष्ट्रले मसिंर २० गते जारी गरेको मौद्रिक नीतिको समीक्षाको बुँदा ६८ मा भनिएको छ, ‘व्यक्तिगत अधिविकर्ष कर्जा, शेयरधितो कर्जा तथा रियलस्टेट कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ ।’

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमाथिको समीक्षामार्फत केन्द्रीय शेयर, रियलस्टेट धितो कर्जा र व्यक्ति अधिविकर्ष कर्जामा विद्यमान व्यवस्था पुनरावलोकन गर्ने राष्ट्र बैंकले जनाइसकेको छ ।

त्यस्तैगरी रियलस्टे कर्जा सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने केन्द्रीय बैंकको उद्घोषले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा माथि कडाई गरिने देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि