जेठ ०६, २०८१, आइतबार
               

बिएमडब्लुको नेपालमा पहिलो भव्य शोरुम सोमबार उद्घाटन

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

नेपालमा विश्व प्रिमियम ब्राण्ड बिएमडब्लुको भव्य शोरुम सोमबारबाट खुल्दै छ । बिएमडब्लुको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा पहिलो शोरुम खोल्नलागेको हो ।

हाल नेपालमा बिएमडब्लु गाडीको कुनै पनि आधिकारिक विक्रेता थिएन । लक्ष्मी ग्रुपअन्तगर्तको लक्ष्मी प्रिमियम मोटर्सले नेपालको पहिलो डिलरसिप भएको बताएको छ ।

करिब १५ वर्षअघि नेपालको हुन्डाई गाडीको आधिकारिक वितरक रहेको एभ्को इन्टरनेशनलले बिएमडब्लुका आठवटा गाडी बिक्री गरे पनि निरन्तरता दिनसकेको थिएन ।

हाल हुन्डाई गाडीको समेत आधिकारिक बिक्रेता रहेको लक्ष्मी ग्रुपले नै ठूला राजनीतिज्ञ, उद्योगी÷व्यवसायी र प्रोफेसनलको छनोटमा पर्ने बिएमडब्लुका गाडी बिक्री गर्न सुरु गरेको हो ।

विश्व बजारमा १०३ वर्षे इतिहास बोकेको लक्जरी कार उत्पादक कम्पनी बिएमडब्लुको तीनकुनेमा थ्रिएस अर्थात् सेल्स, सर्भिस, स्पेयरपासहितको भव्य शोरुम सञ्चालनमा आउनलागेको हो ।

तीनकुनेमा खोलेको शोरुम देशका मुख्य सहरमा विस्तार गर्ने कम्पनीको योजना छ ।

कम्पनीले औपचारिक रुपमा शोरुम तथा डिलरको लञ्च नगरे पनि बिएमडब्लुका गाडी भने बिक्री गरिसकेको छ । बिएमडब्लुको प्लान्ट भारतमा भए पनि नेपालमा आउने गाडी जर्मन, अमेरिका र अष्ट्रेलियाबाटै आउने कम्पनीले जनाएको छ ।

कम्पनीले सोमबार भर्चुअल माध्यमबाट नयाँ डिलरसिप तथा शोरुमको उद्घाटन गर्ने जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि