जेठ ०६, २०८१, आइतबार
               

मितेरी डेभलपमेन्ट बैंकद्धारा १५ प्रतिशत लाभांश घोषणा

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । 

बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकको हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतको दरले १० करोड ४० लाख ५ हजार ६ सय ८७ रुपैयाँ ५० पैसा बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी ०.७९ प्रतिशतले ५४ लाख ७३ हजार ९ सय ८३ रुपैयाँ ५६ पैसा नगद गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुने छ ।

यो पनि