जेठ ०६, २०८१, आइतबार
               

विद्यार्थीलाई न्यानो कपडा वितरण

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

गण्डकी । पोखरा महानगरपालिका–२० मौजास्थित हिमालय माध्यमिक विद्यालयका विद्यार्थीलाई चिसो मौसममा न्यायो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीद्वारा विद्यालयका २६ विद्यार्थीलाई जाडोमा लगाउने कपडा वितरणसहित बाल स्वास्थ्य शिविरको आयोजना गरेको हो । 

कार्यक्रममा वडाध्यक्ष सिम गुरुङले विकट बस्तीमा शिक्षा, स्वास्थ्य तथा खानेपानी, वृक्षरोपणजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकता दिँदै आएको लायन्स क्लबसँग आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमबहादुर गुरुङ, लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीका जिएलटी को–अर्डिनेटर किशोर बराल, सोही क्लबकी सभापति सविता आचार्य र जोन चियर पर्सन निर्मला आचार्यले लायन्सको महत्वमाथि प्रकाश पारेको कार्यक्रममा भलाम स्वास्थ्यचौकीका स्वास्थ्य सहायक विष्णुराज घिमिरेले विद्यार्थीको स्वास्थ्य परीक्षण गरेका थिए ।

यो पनि