जेठ ०६, २०८१, आइतबार
               

निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

मुग्लिन । चितवनको इच्छाकामना–५ मुग्लिनमा निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन गरिएको छ । ‘सहयोगी दाताहरुको जाओस् ध्यान, निःशुल्क कपडा वितरण केन्द्र हाम्रो अभियान’ भन्ने मूल नाराका साथ उक्त केन्द्र शनिबारदेखि सिर्जनशील महिला जागरण केन्द्र मुग्लिन र मुग्लिन युवा मञ्चले केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

शनिबार पहिलो दिन ती दुई संस्थले २० हजार रुपैयाँको कपडा खरिद गरी वितरण गरेका छन् । साथै मुग्लिनका स्थानीयहरुबाट सहयोग प्राप्त न्यानो कपडा गाउँपालिकाभित्रका अतिविपन्न १५० जनालाई वितरण गरिएको सिर्जनशील महिला जागरण केन्द्र मुग्लिनकी अध्यक्ष सावित्री पुडासैनीले जानकारी दिइन् । 

उक्त निःशुल्क कपडा वितरण केन्द्रमा जो कोहीले पनि सहयोग गर्न सकिने अध्यक्ष पुडासैनीले बताइन् । हुनेले दिने र नहुने जो कोहीले पनि कपडा लैजान सक्ने अध्यक्ष पुडासैनीको भनाइ छ ।

सहयोग गर्न चाहने व्यक्ति वा संस्थाले यस केन्द्रमा कपडा सहयोग गर्न सक्ने र नहुनेले लैजान सक्ने उनले बताइन् । निःशुल्क कपडा वितरण केन्द्रका लागि मुग्लिनका स्थानीय त्रिवेणी ग्रील एण्ड सटर उद्योगका सञ्चालक रामहरि कडेँलले घर उपलब्ध गराएका छन् ।


कस्तो लाग्यो ?

यो पनि