जेठ ०६, २०८१, आइतबार
               

सिद्धार्थ बैंकको लाभांश घोषणा, कति प्रतिशत छ लाभांश ?

नेपाल फ्ल्यास
मंसिर २०, २०७७

ADVERTISEMENT

काठमाडौं । सिद्धार्थ बैंकको हिजो (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेकाे छ । बैंक सञ्चालक समितिकाे बैठकले १५ प्रतिशत लाभांश घोषणा गरेको हाे ।  आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हालको बैंकको चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १३८ रुपैयाँ छ । बैंकले १२ प्रतिशत बराबरको एक अर्ब १७ करोड ४५ लाख ३२ हजार ५७ रुपैंया बोनस शेयर तथा ३ प्रतिशत बराबरको २९ करोड ३६ लाख ३३ हजार १४ रुपैंया नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।


 


कस्तो लाग्यो ?

यो पनि