जेठ ०६, २०८१, आइतबार
               

प्रभु लाइफले मंसिर २९ बाट आईपीओ खुला गर्ने

नेपाल फ्ल्यास
मंसिर २०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर २९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  

कम्पनीले १०० का दरले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट मंसिर १२ गते स्वीकृति पाएको हो ।

उक्त शेयरमध्ये ३ लाख कित्ता कर्मचारीहरुको लागि र ३ लाख कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ भने बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्ने भएको हो । 

कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दाइत्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

आईपीओ निष्कासन बन्द हुने मिति छिटोमा पुस २ गते र ढिलोमा पुस १३ गते रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । 

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी २ अर्ब पुग्नेछ ।

यो पनि