जेठ ०५, २०८१, शनिबार
               

प्लाइ उद्योगमा आगलागी, ३० लाखको क्षति

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

झापाको बिर्तामोड-२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ । 

यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र सिलिङ चेम्बरमा ३० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । 

स्थानीय होमप्रसाद घिमिरे सञ्चालन गरेको उद्योगमा आज बिहान आगलागी भएको थियो । 

आगलागी भएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनी,  प्रदेश १  विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोली खटिएको थियो । 

आगो दमक, भद्रपुर र बिर्तामोडका बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रनाउ थापाले बताए ।


कस्तो लाग्यो ?

यो पनि