जेठ ०५, २०८१, शनिबार
               

ब्रोकर कमिसन घटाउनुपर्ने माग गर्दै लगानीकर्ताले बुझाए ज्ञापनपत्र

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

काठमाडौं । ब्रोकर कमिसन घटाउन लगानीकर्ताहरुको संगठनले आज (शुक्रबार) नेपाल धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाएका छन् । 

शेयर बजारमा सक्रिय रहेका पाँच वटै संघसंगठनका लगानीकर्ता प्रतिनिधिले बोर्ड समक्ष ज्ञापनपत्र बुझाएका हुन् । 

बोर्ड अध्यक्ष भिष्मराज ढुंगाना मुलुक बाहिर रहेकाले उनीहरुले बोर्ड प्रतिनिधि मुक्ति श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिइन् ।

हाल कायम ब्रोकर कमिसन उच्च भएकाले तत्काल घटाउनुपर्ने उनीहरुले बोर्ड समक्ष माग राखेका छन् । अहिले न्यूनतम ०.४ प्रतिशत देखि अधिकतम ०.६ प्रतिशत सम्म रहेको ब्रोकर कमिसन ०.२५ प्रतिशत सम्म बनाउनु पर्ने लगानीकर्ताको माग छ । 

विगत लामो समयदेखि लगानीकर्ताले ब्रोकर कमिसन घटाउन नियामक निकायसँग आग्रह गर्दै आएका छन् ।

यो पनि