बैशाख १५, २०८१, शनिबार
               

श्री इन्भेष्टमेन्टद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । 

कम्पनीको आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ७.३७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.१६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीको बिहिबार (मंसिर १८) को सञ्चालन समितिको बैठकले गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

हाल यस कम्पनीको चुक्तापूँजी ८२ करोड ९० लाख ३५ हजार रहेको छ । सोही पूजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो ।


कस्तो लाग्यो ?

यो पनि