बैशाख २०, २०८१, बिहीबार
               

कोरोना कहर:मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा के के समेटिए ?

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । 

बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुँदाको समयमा रहेको कोभिड–१९ को जोखिम यथावत रहेका कारण आर्थिक गतिविधि अपेक्षित रुपमा विस्तार हुन सकेको छैन । 

गभर्नर अधिकारीले निक्षेपको ब्याज घट्दा भने राष्ट्र बैंकलाई दाबब परिरहेको बताए । फलस्वरुपः केन्द्रीय बैंकले समीक्षा मर्फात मुद्दति निक्षेप र बचत खाताबीचको ब्याज दर अन्तर ५५ भन्दा बढि हुन नहुने व्यवस्था गरेको छ । 

बचतको ब्याजदर निकै तल्लो विन्दुमा आएपछि केही स्थायित्व कायम गर्न यस्तो व्यवस्था गरिएको हो । यस्तै, सेयर धितो कर्जाको विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने पनि केन्द्रीय बैंकले जनाएको छ ।

बैंकिङ्ग क्षेत्रमा पर्याप्त तरलता रहेको, मुद्रास्फीति नियन्त्रणमा रहेको र वाह्य क्षेत्र सन्तुलन कायम भएका कारण कोभिड संक्रमण न्यूनीकरण गर्दै आर्थिक क्रियाकलाप विस्तार गर्न सहयोग पुग्ने अवस्था रहेको छ ।

कोभिड–१९ को असर परेका ऋणीको ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी जस्ता प्रक्रिया केही समयसम्मका लागि स्थगन गर्नु पर्ने व्यवस्था गरिनेछ ।

बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि