जेठ ०५, २०८१, शनिबार
               

फेरि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य बढेको छ ।

आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

हिजाे (बिहीवार) छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदी भने प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो । बुधवारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो ।


कस्तो लाग्यो ?

यो पनि