जेठ ०५, २०८१, शनिबार
               

अबदेखि अन्तर बैंक एटिएम शुल्क लाग्ने

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

काठमाडौं । एक बैंकको एटिएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटिएमबाट रकम निकाल्दा आजदेखि शुल्क लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एटिएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटिएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । 

राष्ट्र बैंक उक्त निर्देशन खारेज गरिदिएको छ । अब बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको छ ।


कस्तो लाग्यो ?

यो पनि