जेठ ०४, २०८१, शुक्रबार
               

ब्रोकर कमिसन घटाउन माग गर्दै आन्दोलनको घोषणा

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

काठमाडौं । सेयर खरिदबिक्री वापत तिर्नुपर्ने ब्रोकर कमिसन घटाउन माग गर्दै पुँजी बजारका लगानीकर्ताहरुले आन्दोलनको चेतावनी दिएका छन् ।

पछिल्लो समय एकै दिनमा ८/९ अर्बको कारोबार हुन थालेको तर ब्रोकर कमिशन भने अत्यधिक भएको भन्दै लगानीकर्ताहरुले आन्दोलन गर्ने भएका हुन् ।

हाल ब्रोकर कम्पनीहरुले ०.६५ प्रतिशतसम्म ब्रोकर कमिसन लिँदै आएका छन् । यसलाई घटाएर ०.२५ प्रतिशत बनाउनु पर्ने लगानीकर्ताको माग छ ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार ब्रोकर कमिसन घटाउनका लागि शुक्रबार लगानीकर्ताहरुको समूहले नेपाल धितोपत्र बोर्डलाई दबाब दिने कार्यक्रम रहेको छ ।

कमिसन घटाउनका लागि पहिलो चरणमा बोर्डको ध्यानाकर्षण गराउने र त्यसपछि पनि सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रमहरु अघि बढाउने लगानीकर्ताहरुको तयारी छ ।


कस्तो लाग्यो ?

यो पनि